कुमारी बैंकका ग्राहकले माया मेट्रो अस्पतालमा विशेष छुट पाउने
खबर एक्सप्रेस
२०७९-०३-१६ १२:१६ मा प्रकाशित
Total Shares: 249
काठमाडौं - कुमारी बैंक लिमिटेड र कैलालीको धनगढीस्थत माया मेट्रो अस्पतालबीच छुट सम्झौता भएको छ ।
सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकले माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वस्थ्योपचारसम्बन्धी सेवाहरूमा विशेष छुट पाउनेछन् ।
यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले उक्त अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटी, एम्बुलेन्स सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त छ ।
फेसबुक पेज Like गर्नुहोस