नेकपा सचिवालय बैठक भदौ १३ मा बस्ने
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको मिति तोकिएको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सचिवालय बैठक भदौ १३ गते बस्ने सहमति जुटेको हो ।
ओली र प्रचण्डबीचको छलफलमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि पनि छलफल भएको थियो । पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वको कार्यदलले शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएका थियो । त्यसलाई दुई अध्यक्षले आवश्यकताअनुसार परिमार्जन गरेर प्रस्तावका रूपमा सचिवालयमा लैजाने, सचिवालयले अनुमोदन गरेपछि स्थायी कमिटीमा पेस गर्ने तयारी छ ।
स्थायी कमिटीको बैठक गत साउन १८ गतेदेखि अवरुद्ध रहँदै आएको छ ।
फेसबुक पेज Like गर्नुहोस