कोरोना महामारीका कारण बुद्धजयन्तीको कार्यक्रमलाई असर गर्ने
काठमाडौं - कोरोना महामारीका कारण यसवर्ष बौद्ध धर्मावलम्बीहरुले मनाउने बिशेष पर्व बुद्धजयन्तीको कार्यक्रम प्रभावित हुने भएको छ ।
कोरोना महामारी र जारी लकडाउनले गर्दा बिभिन्न चाडपर्व र सामाजिक कार्यहरुलाई असर पारिरहेको सन्दर्भमा शान्तिका अग्रदुत भगवान बुद्धको जन्मजयन्ती कार्यक्रमलाई समेत असर गर्ने भएको छ ।
बुद्धजयन्ती कार्यक्रमको आयोजना गर्ने संस्था बौद्ध तथा मेलम्ची घ्याङ गुठीका अनुसार यसपाली नित्य पुजामात्र गरेर बुद्धजयन्ती मनाइने भएको छ ।
बिगतका वर्षहरुमा यो कार्यक्रमलाई बौद्ध स्तुपामा धुमधामका साथ मनाइने गरिन्थ्यो । तर यस वर्ष सामान्य ढंगले पुजाआजा मात्र गरेर मनाउन लागिएको हो ।
गुठीले जारी गरेको सूचनामा भनिएको छ, ‘परापूर्वकाल देखि बौद्ध स्तुपामा मनाउँदै आएको बुद्ध जयन्ती हाल बिश्वभरी फैलिदै आएको कोरोना भाइरस (कोभिड १९)को कारण नेपाल लगडाउन भएको साथै सरकारको निर्देशन अनुसार धेरै मानिसहरु जम्मा भएर ठुलो कार्यक्रम गर्न नसकिने भएकोले यसपाली बुद्धजयन्ती नित्य पुजाआजा मात्र गरी सम्पन्न गरिनेछ’ साथै गुठीले यसबाट पर्न गएको असुबिधा प्रति भक्क्तजनहरु सँग क्षमायाचना गरेको छ । यही बैशाख २५ गते २५६४ औ बुद्धजयन्ती परेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस