विपद् प्रतिकार्यमा उच्च तयारीका साथ तुरुन्त कदम चाल्न प्रचण्डको आग्रह
काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद् प्रतिकार्यको तयारी थाल्न सरकारलाई आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएपछि पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सामाजिक सञ्जालमार्फत सरकारसामु आग्रह गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–‘देशका विभिन्न क्षेत्रमा वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ। नदी किनारका क्षेत्रहरू, डुबान भइरहने होचो भूभाग र पहिरोको उच्च जोखिम भएका स्थानमा रहनुभएका सम्पूर्ण जनसमुदाय सतर्क रहनुहोला।
स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको सूचनाको पालना गर्नुहोला र आवश्यक सतर्कता अपनाउनु होला। साथै, विपद् पूर्व–व्यवस्थापन र प्रतिकार्यमा उच्च तयारीका लागि तुरुन्त कदम चाल्न सरकारसँग अनुरोध गर्दछु।’
प्रचण्डले पार्टीपंक्तिलाई विपद् व्यवस्थापनमा सहयोग पुर्याउन, जनतालाई समयमै सूचना दिन तथा आवश्यक राहत र सुरक्षाका उपायहरूमा सक्रिय रहन अपिल समेत गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस