काठमाडौं - पटक पटक रोकिएर मंगलवार बस्ने भनिएको स्थायी कमिटीको वैठक अध्यक्ष केपी ओलीले प्रचार विभागका उपप्रमुखलाई सूचना टास्न लगाएर स्थगित गरे पनि अर्का कार्यकारी अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल सहितका नेताहरु वैठक बस्न वालुवाटार पुगेका छन्।
वालुवाटारमै वैठक बस्ने तयारी गरिरहँदा अचानक रोकेको सूचना पाएपछि रुष्ट बनेका ति नेताहरुले वैठक रोकिएको नभइ शुरु हुन थालेको बताएका थिए। यहि बीचमा वामदेव गौतमले एक पत्र सार्वजनिक गर्दै यूटर्न मार्दै ओलीको पक्षमा देखिए।
सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा गृहमन्त्रालयमै बसी मन्त्रालयकै काम गरिरहेका छन्। तर बालिवाटारमा तनाव जारी छ। कुनै हालतमा वैठक राख्ने र रोक्ने लाइनमा व्यक्तिगत प्रभावका साथै सत्ताको प्रयोग र दुरुपयोग शुरु भएको छ। यसले स्थिति जटिल बनाउने भन्दै मझौले नेताहरु दुर्घटना टार्ने प्रयासमा लागेका छन्।
पर्यटन मन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टी दुर्घटना नजिक रहेको संकेत गर्दै सबैलाई संयम अपनाउँदै रोकिन आग्रह गरेका छन्। उनले ट्वीटर मार्फत सो आग्रह गर्दै सल्लाह गर्न आग्रह गरेका छन्।

.gif)


