नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न नगद सहित बोनस प्रस्ताव ,चुक्ता पुजी १अर्ब १५ करोड माथी
खबर एक्सप्रेस
२०७७-०३-०६ ०६:१७ मा प्रकाशित
Total Shares: 687
काठमाडौं - नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको ७१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बिश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम लाई ध्यान मध्यनजर गर्दै कम्पनीले सुरक्षात्मक विधि अपनाएर कमलादीस्थित आफ्नो पूरानो भवनमा साधारणसभा सम्पन्न गरेको छ ।
सभाले गत बर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ८९ प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीको हाल कायम चुक्तापूँजी एक अर्ब ९ करोड ५५ लाख ३६ हजार रुपियाँको आधारमा लाभांश दिएको हो । पाँच प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी एक अर्ब १५ करोड तीन लाख १३ हजार रुपियाँ पुग्नेछ ।
फेसबुक पेज Like गर्नुहोस