आज थप १४२ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७९-०५-१९ ०४:२६ मा प्रकाशित
Total Shares: 167
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ११६ तथा एन्टिजेन विधिबाट २६ जनामा गरी १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २३० जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ५२८ पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस