एजेन्सी - पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

अमेरिकी केन्द्रीय कमान्डले दुर्घटनामा विमानमा सवार चालक दलका सबै ६ सदस्यकै मृत्यु भएको जानकारी दिएको हो।

केन्द्रीय कमान्डको दाबीअनुसार अपरेसन एपिक फ्युरीका क्रममा सहयोगी हवाई क्षेत्रमा उडान भर्ने क्रममा विमान दुर्घटना भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।