एमालेको इज्जतका लागि राजेन्द्र लिङ्देनलाई विजयी गराउनुपर्छः केपी ओली
खबर एक्सप्रेस
२०७९-०७-११ ०८:०८ मा प्रकाशित
Total Shares: 160
झापा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दिएका लिङ्देनका लागि ओलीले भोट मागेका हुन् । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लिङ्देनका लागि भोट मागेका हुन् ।
उनले एमालेको इज्जतका लागि भए पनि झापा ३ बाट लिङ्देनलाई विजयी गराउनुपर्ने बताए । देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्न पर्ने बताएका ओलीले विशेषगरी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुपर्ने बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस