काठमाडौं -  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतवार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा  बस्ने भएको छ । 

नयाँ सरकार निर्माणका लागि निर्णायक मानिएको माओवादी केन्द्रको भोलीको बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय हुनसक्ने स्रोतले बताएको छ । यसअघि बिहीबार बसेको बैठकमा सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिनेबारे छलफल भएको थियो । 

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई खारेज गरिदिएपछि माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । माओवादीले समर्थन फिर्ता नलिएपछि नयाँ सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत बनेको छ । 

तर, शुक्रबार काँग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्न अग्रसरता लिने निर्णय गरेपछि माओवादी केन्द्रले बैठक बाेलाउनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।