काठमाडौं - सरकारले आगामी आर्थिक वर्षभित्रमा नेपाललाई साक्षर मुलुक घोषणा गर्ने लक्ष्य लिएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा नेपाललाई पूर्ण साक्षर राष्ट्र बनाउन लागिएको बताएकी हुन् ।

त्यस्तै, शिक्षामार्फत हरेक युवालाई देशभक्त, भविष्यप्रति आशावान, आत्मविश्वासी, सिर्जनशील बनाउने सरकारले लक्ष्य लिएको छ ।