एजेन्सी - संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र (एयर स्पेस) बन्द गरेको छ ।

इरानबाट आउन सक्ने मिसाइल र ड्रोन आक्रमणको खतरालाई ध्यानमा राख्दै यूएईले हवाई क्षेत्र बन्द गराएको हो ।

यूएइको नागरिक उड्डयन प्राधिकरणले यो बन्द अस्थायी भएको बताएको छ । इतिहाद र एमिरेट्स एयरलाइन्सले भर्खरै आफ्ना केही उडानहरू पुनः सुरु गरेको समयमा यस्तो निर्णय भएको हो । 

व्यावसायिक उडानहरूलाई असर गर्ने अघिल्लो हवाई क्षेत्र प्रतिबन्ध फुकुवा भएको केही घण्टाभित्रै पुनः यूएईको हवाई क्षेत्र बन्द गरिएको हो ।