मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङकाे दाबी !
खबर एक्सप्रेस
२०७८-०३-०१ ०३:२३ मा प्रकाशित
Total Shares: 304
काठमाडौं, कास्की - गण्डकी प्रदेशमा नयाँ ट्वीस्ट भएको छ । एकदिन अगाडिमात्रै विश्वासको मत लिन असफल मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् ।
राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्र सहित उनले फेरि मुख्यमन्त्रीमा दाबी गरेको स्रोतले जनाएको छ ।
गुरुङले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपा प्रदेश कमिटीको पत्रसहित दाबी गरेको बुझिएको छ ।
उता विपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार बनाउन अन्तिम तयारीमा रहेको छ । यो नयाँ राजनीतिक मोडले सबैलाई आश्यर्चचकित पारेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस