काठमाडौं - विपक्षीको वेल घेराउ र नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिनिधिसभा नियमावलीको मस्यौदामा परेका संशोधनमाथि छलफल गर्न संसदीय समितिमा पठाइनुपर्ने माग विपक्षीले राखेका थिए ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ‘संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्’ भनेकी थिइन् ।

अन्यले पनि समर्थन जनाएका थिए । तर, सभामुख डोलप्रसाद अर्यालले मानेनन् । ‘म निर्णयार्थ पेस गर्छु’ भनेर संशोधन प्रस्तावहरूमाथि हुन्छ र हुन्न भन्न लगाएर अगाडि बढाए ।

त्यसपछि विपक्षी दलका सांसदहरूले वेल घेराउ गरे । पेलेर संसद नलचलाउन माग गर्दै नाराबाजी गरे ।

जबरजस्ती सदन चलाइएको भनेर एक जना विपक्षी दलका सांसद सभामुखको आसनमै पुग्न खोजे । तर मर्यादापालकल रोके । सभामुखले सदनको मर्यादा काम गर्न पटक–पटक निर्देशन गरे । अहिले बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।