नेपाल साफ महिला च्यम्पियनसिपको सेमिफाइनलमा
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 5
काठमाडौं - नेपाल साफ महिला च्यम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
गोवास्थित पण्डित जवाहारलाल नेहरु रंगशालामा आइतबार भएको समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले श्रीलंकालाई २-० गोलले हरायो। नेपालको यो लगातार दोस्रो जित हो ।
नेपालको जितमा रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समय र कप्तान रेनुका नगरकोटेले ६०औँ मिनेटमा गोल गरे। जितसँगै दुई खेलबाट ६ अङ्क बनाएको नेपाल समूह ‘ए’ को शीर्षस्थानमा छ।
यसअघि समूहको पहिलो खेलमा नेपालले भुटानलाई १-० गोलले हराएको थियो।
साफ महिला च्यम्पियनसिपमा पटक पटक फाइनलमा पुगेको नेपालले हालसम्म उपाधि जित्न सकेको छैन। योपटक नेपाली टोली उपाधि जित्ने लक्ष्यका साथ गोवा गएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस