रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो पटक बन्यो आईपीएल च्याम्पियन
काठमाडौं - रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रोपटक आईपीएलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि जितेको हो ।
गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १५ ओभरमै ५ विकेट गुमाएर भेट्टायो । बैग्लुरुका लागि विराट कोहली ७५ रनमा अविजित रहे । उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।
जितेश शर्मा ११ रनमा नटआउट रहे। वैकटेश ऐर ३२ रन बनाउँदा मोहम्मद सिराजको बलमा क्याच आउट हुन पुगे। टिम डेविडले २४ र कप्तान रजत पाटिदारले १५ रन थपे।
त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडीयममा बैग्लुरुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गुजराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५५ रनको योगफल तयार पारेको थियो।
गुजरतालका वासिङटन सुन्दर ५० रनमा नटआउट रहे। निशान्त सिन्धुले २०, जस बटलर १९, अर्सद खानले १५ रन थपे। ओपनर साइ सुदर्शन १२ र कप्तान शुभमन गीलले १० रन बनाउँदै पेभेलियन फर्के।
बेंगलुरुका बलर रसिख सलामले घातक बलिङ गर्दै ३ विकेट लिए भने अनुभवी बलर भुवनेश्वर कुमार र जोस हेजलवुडले समान २(२ विकेट लिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस