काठमाडौं-नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले ३ करोड २० लाख भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

रायमाझीले बैंकमा राख्ने निक्षेपमा समेत कमिसन लिने गरेको कम्पनीको मसलन्द लगायतका खर्च अस्वभाविक रूपमा वृद्धि गरेको ब्रोकर कम्पनी तथा रेट्रो पुनर्बीमकहरुसंगको मिलोमतोमा कमिसन लिने गरेको, कम्पनीका कर्मचारीहरुलाई धाकधम्की दिने लगायतका थुप्रै आरोप उजुरीमा रायमाझी माथी लगाएको छ ।

रायमाझी आफै पनि विवादित छबिका व्यक्ति हुन । उनी नियामक निकाय नेपाल बीमा प्राधिकरणका नेतृत्वका विषयमा पनि जथाभावी अभिव्यक्ति दिने, गलत प्रचार गर्ने, आफै उजुरी बोकेर विभिन्न निकायहरूमा धाउने गरेका छन् ।

उजुरीकर्ताका अनुसार  प्रमुख कार्यकारी अधिकृत रायमाझीको नियुक्ती पश्चात कम्पनीको व्यवसाय बृद्धि नभएको,खर्च गर्दा कमिशन लिने गरेकोले खर्चमा धेरै वृद्धि भएको,पुनर्बीमा रेट्रो सेशन गर्दा साथै अन्य व्यवसायिक कारोबारबाट करिब ३ करोड २० लाख रकम नीतिगत भ्रष्टाचार गर्दै कम्पनीलाई हानी नोक्सानी पुगेको उजुरीमा भनिएको छ। 

नेपाल पुनर्बीमा कम्पनीमा रायमाझीको नियुक्ति अघि रेट्रो सेशन गर्दा रेट्रो गर्ने पुनर्बीमकहरुबाट प्राप्त गर्ने आय तथा सुविधाहरु धेरै रहेको भएपनि रायमाझीको नियुक्तीपछि ब्रोकर कम्पनी तथा रेट्रो पुनर्बीमकहरुसंगको मिलेमतोमा कम्पनीलाई नोक्सानी गरेको र कर्मचारीहरुलाई कम्पनीमा काम गर्न सहज वातावरण नभएको समेत उजुरीमा उल्लेख गरिएको छ ।

कम्पनीले आर्थिक बर्ष  २०७७/७८ मा करिव २० करोड  अफिस इक्विपमेन्ट, मसलन्द लगायतका खर्च गरेकोमा २०७८/७९ मा ४४ करोडले बृद्धि गर्दै करिव ६४ करोड पुग्नुको कारण पनि भ्रष्टाचार भएको र कर्मचारीहरुले खर्च धेरै भएका भन्दा रायमाझीले जागिर नै खाइदिने समेतको धम्कि दिने गरेको समेत उजुरीमा उल्लेख छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुरा गर्दा सम्बन्धित महाशाखाले अनुसन्धान गरिरहेको जवाफ प्राप्त भयो ।