संसदमा महतोको प्रश्न- सभामुख महरा महाडाँका भनेर समाचार आयो भने के हुन्छ ?
काठमाडौै - राजपाका सांसद राजेन्द्र महतोले विस्तृत विवरण नदिई ‘राजेन्द्र महतो’ लगायत ८ जनाको नेपाली नागरिकता खारेज गरिएको सरकारी निर्णयप्रति आपत्ति जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका महतोले यस्तो बताएका हुन् । सरकारले ‘राजेन्द्र महतो’ लगायत ८ जनाको नेपाली नागरिकता खारेज गरेर भ्रम फैलाएको समेत महतोको भनाइ थियो ।
सरकारले भ्रम फैलाएकोमा माफी माग्नुपर्ने महतोको माग थियो । ‘सरकारले माफी माग्नुपर्छ’, उनले भने, ‘यसरी भ्रम फैलाउने काम गर्नु हुँदैन ।’
राष्ट्रियतासँग जोडिएको संवेदनशील विषयमा सरकारले कुन नियत राखेको हो भन्दै प्रश्न गरेका थिए। ‘भ्रमको खेती गरेर सरकारले के गर्न खोजेको होरु’, महतोले भने, ‘सरकारको नियतमाथि नै प्रश्न उठेको छ।’
त्यस्तै राज्यको तर्फबाट मानहानी र गलत प्रचार-प्रसार गरिएको भन्दै सरकारले माफी माग्नु पर्ने महतोको भनाइ छ । ‘भोलि कृष्णबहादुर महराचाहिँ महाडकैत र उहाँ आजीवन काराबास भए भनेर समाचार आएकोमा सभामुख महरा महाडकैत र आजीवन काराबास भन्ने समाचार आयो भने के हुन्छरु’, उनले प्रश्न गरे।
उनले यो विषयमा सञ्चार माध्यम पनि गैरजिम्मेवार भएको बताए। गत साउन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित आइतरबारको पत्रकार सम्मेलनमा सरकार प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले विभिन्न आठ जना भारतीयले लिएको नेपाली नागरिकता खारेज गरेको बताएका थिए। त्यसमा राजेन्द्र महतो नाम पनि परेको थियो। तर कतिपय सञ्चार माध्यममा राजपा नेता महतोलाई जोडेर समाचार प्रशारित गरेका थिए।
फेसबुक पेज Like गर्नुहोस