कमेडियन अपूर्व क्षितिजलाई २ लाख ५० हजार धरौटीमा छाड्न आदेश
खबर एक्सप्रेस
२०७९-०७-०३ ०६:२१ मा प्रकाशित
Total Shares: 205
काठमाडौं - काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई छाड्न आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले क्षितिजलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए ।
भदौ १२ गते पक्राउ परेर भदौ २३ गते रिहा भएका सिंहलाई सोमबार काठमाडौंबाटै पक्राउ गरेको थियो । उनीमाथि नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग थियाे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस