काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै अब नयाँ सरकार बन्ने बताएका छन् ।  

शनिबार कपिलवस्तुमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक्ष प्रचण्डले यस्तो उद्घोष गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार बनाउन अग्रसरता दिने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्णयले मुलुकको राजनीतिले कोल्टे फेरेको उनको भनाई छ । 

 ‘कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको छ’, प्रचण्डले भने, ‘म तपाईं सबैलाई बधाई भन्न चाहन्छु। अब छिट्टै नयाँ सरकार बन्छ। नयाँ परिस्थिति बन्नेछ। ’