काठमाडौं, एजेन्सी - पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सेना लगाएर लेखेट्न सकिने बताएका छन्।

नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’को प्रचारका लागि एक टेलिभिजन कार्यक्रममा पुगेका ओबामाले ट्रम्पको पक्षमा यस्तो धारणा राखेका हुन।

टेलिभिजनमा अन्तरवार्ताकारले व्यंग्यात्मक रुपमा ट्रम्पलाई इंगित गर्दै ओबामासँग प्रश्न गरेका थिए,‘के हुन्छ यदी कोही ह्वाइट हाउसमा लुकिरहेका छन् भने ? तपाइँले ह्वाइट हाउसमा ८ वर्ष बिताउनु भएको छ तपाइँलाई ह्वाइट हाउसबारे सबै थाहा छ। के त्यहाँ त्यस्ता ठाउँ छन् जहाँ कोही लुक्न सकोस्रु’ ?

उक्त प्रश्नमा ओबामाले हाँस्दै भनेका थिए,‘मलाई लाग्छ ह्वाइट हाउसमा लुक्ने व्यक्तिलाई निकाल्न हामी सँधै नेभी सिल्स पठाउन सक्छौं।’