काठमाडौं - व्यवसायी किशोरकुमार प्रधान नेपाल वायु सेवा निगमको सञ्चालकमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले प्रधानलाई सञ्चालकमा नियुक्त गरेको हो । 

प्रधान यहि चैत ६ गते शुक्रबार मात्र नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर पार्टी प्रवेश गराएका थिए । 

प्रधानलाई एमाले प्रवेश गरेको १८ दिनमै सरकारी पद उपहार दिइएको हो ।