काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा  बृक्षारोपण गरेकी छिन्र । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले समी प्रजातिको बिरुवा रोपेर बृक्षारोपणको शुभारम्भ गरेकी हुन् ।

वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा समी, पारिजात, हर्रो, हलुवावेद, टिमुर लगायत ७५ प्रजातिका बिरुवा रोपिएको छ। राष्ट्रपति भण्डारीले हरेक वर्ष विश्व वातावरण दिवसको अवसरमा विभिन्न प्रजातिका विरुवा रोप्दै आएकी छिन् ।