काठमाडौं - प्रदेश नम्बर १ को प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको ओली पक्षले अवरुद्ध गरेको छ ।

आइतबार अबेर गरी चलेको प्रदेश एकको संसद बैठक ओली पक्षकाले अवरोध गरेपछि स्थगित भएको छ। ओली पक्षका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

सभामुख भण्डारीले बैठक सुरू गरे लगत्तै सत्तारूढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले उठेर मुख्यमन्त्रीले कारबाही गरेका १६ जना सांसदलाई यहाँ बस्न दिनुहुन्न भन्दै विरोध गरेका थिए। विरोधपछि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव दर्ता हुन पाएन ।