काठमाडौं - इनिशा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल,वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल लगायतले गम्भीर ढंगले विक हत्या प्रकरणको छानविनका साथै उक्त घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले इनिशा विकको हत्यारालाई कारवाही गर,बालबालिकामाथि हुने हिंसा अन्त्य गर,पितृसत्ता मुर्दावाद,बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौं लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।