नारायणकाजी श्रेष्ठले सुरु गरे ‘कोभिड १९ स्वयं सेवा’
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा संघीय सांसद नारायणकाजी श्रेष्ठको निजी सचिवालय अन्तर्गत कोभिड–१९ स्वयंसेवा (सीभीएस) गठन भएको छ ।
खासगरी गरिब, श्रमिक र असहाय समुदायका व्यक्तिहरूलाई यो महामारीको समयमा आआफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको ठहर गर्दै ‘कोभिड १९ स्वयं सेवा’ गठन गरेको उनको सचिवालयले जनाएको छ । ‘सरकारले आफ्नो कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन ध्यान दिनुपर्ने आवश्यकता आफ्नो ठाउँमा छ तर सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रमणबाट समाजलाई बचाउन हामी सबैले आआफ्नो ठाउँबाट योगदान गर्न जरुरी छ’ सचिवालयले भनेको छ ।
गठित कोभिड-१९ स्वयंसेवाले कोभिड उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरणका साथै मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्श दिनेछ । स्वयंसेवा सर्भिसलाई नेपाल सरकारको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी नीति, योजना र निर्देशलाई मूल मार्गनिर्देशन मानी त्यसलाई कार्यान्वयन गर्न सहयोग पुर्याउन विभिन्न कार्यदेश समेत तोकिएको छ ।
फेसबुक पेज Like गर्नुहोस