हुम्लामा एक सिलिन्डर ग्यासको ८ हजार
खबर एक्सप्रेस
२०७६-१०-२५ ११:०० मा प्रकाशित
Total Shares: 259
काठमाडौं - नयाँ पत्रिकामा हुम्लामा एक सिलिन्डर ग्यासको आठ हजार शीर्षकमा मुख्य समाचार प्रकाशित छ । समाचारमा लेखिए अनुसार सिलिन्डरसहित ग्यास किन्न भने अझ १२ हजार तिनुपर्छ ।
यो जिल्ला सदरमुकाम सिमिकोटमै पर्ने मूल्य हो । लामो समय हिमपातसँगै दाउरा अभाव भएपछि हुम्लाका नागरिक खाना पकाउन महँगोमा ग्यास किन्न बाध्य भएका हुन् ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा खच्चडबाट ग्यास ढुवानी गर्ने गरिन्छ । नेपालगञ्जबाट मुगुको गमगडीसम्म गाडीमा पुर्याइने ग्यास त्यहाँबाट सिमिकोटसम्म खच्चडमा लैजाने गरिन्छ ।
सिमिकोटका एक होटल व्यवसायी नाम्गेल तामाङले साढे १२ हजारमा ग्यास किनेर खाना पकाउने गरेको बताएको पत्रिकामा लेखिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस