काठमाडौं - विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सकिएको छ । 

सिंहदरबारमा बसेको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सबै मन्त्रालयलाई परिचालित गर्ने निर्णय गरेको छ । 

साथै, सुरक्षा निकायलाई पनि तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न निर्देशन दिएको छ । गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा रहेको समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ स्वीकृत गरेको छ । 

बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ को साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि २०७८ , गैर सरकारी संस्था परिचालन सम्वन्धि कार्यविधि २०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनःनिर्माण सम्वन्धि कार्यविधि २०७८ लाई स्विकृत गरेको छ । 

सिन्धुपाल्चकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ । साथै, देशका विभिन्न स्थानमा बाढी पहिरो गइरहेको छ ।