काठमाडौं - कर्णाली प्रदेशको संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार नियुक्त गरेका प्रमुख सचेतक सीता नेपालीले कात्तिक ७ गते बैठक बोलाएकी छिन्।

यसअघि हटाइएका प्रमुख सचेतक गुलाफजङ शाहले भोलि म‌ंगलबारका लागि अविश्वास प्रस्तावमाथि छलफल तोकेका थिए।

तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीनिकट मानिएका शाहले बोलाएको बैठक अवैधानिक ठहर गर्दै मुख्यमन्त्री शाहीले निलम्बनको पत्र थमाएका हुन् ।

प्रमुख सचेतकको रुपमा नियुक्त भएकी सीताकुमारी नेपालीले अब कात्तिक ७ गते मात्र अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मिति तोकेको प्रदेश सभाका एक सांसदले बताए।