कैलाली - कैलालीको गोदावरी नगरपालिका ४, फुलबस्तीमा बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । बिस्फोटमा परि मृत्यु हुनेमा ४० वर्षीय नरबहादुर विक रहेका छन् ।

जंगलमा घाँस काट्न जाने क्रममा भेटिएको पित्तल जस्तो ‘शंकास्पद बस्तु’लाई घरमा ल्याएर आगोमा राखेर पगाल्न खोज्दा विस्फोट हुँदा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यद्यपी घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।