काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य हुँ भन्दै परिचय दुरुपयोग गरी सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गरेर दबाब र धाकधम्की दिने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन् ।

विभिन्न सार्वजनिक तथा राजनीतिक पदमा रहेको झुटो परिचय दिँदै सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गरी दबाब दिने र धाकधम्की दिने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट विश्वकर्मा रास्वपाको केन्द्रीय सदस्य वा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्यलगायत कुनै पनि दाबी गरिएका पदमा नरहेको खुलेको छ।

पक्राउ परेका विश्वकर्माविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।