शनिबार थपिए ७६८ कोरोना संक्रमित, ५ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०१-०४ ०४:२९ मा प्रकाशित
Total Shares: 215
काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७६८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७५ हजार ३८ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ७५ पुगेको छ । आज कोरोनाबाट थप ५ व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा ५ हजार ५४५ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस