नवरात्रकाे चाैथाें दिनः माता कुष्माण्डको पूजा आराधना गरिदैँ
खबर एक्सप्रेस
२०८०-०७-०१ ०८:११ मा प्रकाशित
Total Shares: 109
काठमाडौ - नवरात्रको चौथो दिन आज चतुर्थी तिथिका दिन माता कुष्माण्डको पूजा आराधना गरिएको छ ।
माता कुष्माण्डको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने कुरा उल्लेख गरिएको छ ।
नौ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।
फेसबुक पेज Like गर्नुहोस