काठमाडौं - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा  हल्का भइरहेको छ।

आज दिउँसाे देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै  स्थानहरूमा   मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । 

राती लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आइतबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेशका एक-दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ ।