आज सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
खबर एक्सप्रेस
२०८०-०६-०७ ०८:३१ मा प्रकाशित
Total Shares: 78
काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको छ । यो प्रकरणको सुनुवाइको सबै प्रक्रिया सकिएर फैसला आउने बेला भए पनि विभिन्न बाहाना बनाएर फैसलामा ढिलाइ गरिएको छ ।
यसअघि तोकिएको पेसीका दिन यो मुद्दा विदामा बसेका न्यायाधीशको इजलासमा परेपछि स्थगित भएको थियो । मुद्दाकै कारण चीनमा भइरहेको एसिया खेलकुदका लागि नेपाल टिममा परे पनि उनी चीन जाने नजाने टुंगो लागेको छैन ।
यसअघिको सुनुवाइमा जिल्ला अदालतले पीडित बालिकाकी आमाको जन्म मिति मगाउने आदेश गरेको थियो । एक नाबालिग किशोरीलाई होटेलमा लगेर बलात्कार गरेको आरोप लामिछानेमाथि छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस