मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
हेटौँडा - मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।
जिल्लाको बकैया गाउँपालिका-११ घट्टेपाखास्थित कान्ति लोकपथ सडकमा बुधबार आज बिहान भएको दुर्घटनामा वीरगन्ज महानगरपालिका-३२ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगन्जबाट एरियल कम्पनीको सरफ लोड गरी काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको आइचर ट्रक एक खाली घरमा ठक्कर खाई सडकबाट करिब १५० मिटर तल खोल्सामा खसेको थियो ।
दुर्घटनामा परेर यादवको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा ट्रक चालक वीरगन्ज–३२ का ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् ।
उनको हेटौडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस