कन्चटमा गोली लागेको अवस्थामा असई कार्की मृत भेटिए
खबर एक्सप्रेस
२०७७-०२-११ ११:४२ मा प्रकाशित
Total Shares: 496
काठमाडौं - प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की मृत फेला परेका छन् । प्रहरी बिट, स्वयम्भूका असई रहेका कार्की कन्चटमा गोली लागेको अवस्थामा फेला परेका हुन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले मिडियाहरुलाई दिएको जानकारी अनुसार उनी आइतबार बिहान सुतेकै ठाउँमा उनी मृत भेटिएका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने देखिएको छ ।
कार्की बिहान अबेरसम्म नउठेपछि उनका सहकर्मीले झ्यालबाट हेर्दा टाउकोमा रगत आएको अवस्था पल्टिरहेको देखेका थिए। त्यसपछि ढोकाको चुकुल फोडेर प्रहरी भित्र प्रवेश गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
फेसबुक पेज Like गर्नुहोस