अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय
खबर एक्सप्रेस
२०८१-११-२७ ०७:३२ मा प्रकाशित
Total Shares: 121
काठमाडौं - सरकारले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो।
बैठकले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा लमजुङका फणिन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यसैगरी स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ। बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
नियुक्तिका लागि गठित सिफारिश समितिले काफ्लेसहित कमल पन्थी र डा कृष्णप्रसाद अधिकारीको नाम सिफारिश गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस