काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा  १० लाख ५३ हजार ५१० राजस्व जम्मा भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवनतर्फ ८८ जना,नियम विपरीत ‘राइड सेयरिङ’९३,सङ्केत बत्ती उल्लङ्घनकर्ता ११७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२८ जनालाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।