ओली सुध्रिए भने चुनावमा तालमेल गरौंला : माधव नेपाल
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ शक्ति निर्माणमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।
काठमाडौंमा मंगलबार जनवर्गीय संगठनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले नै एकताको ढाका बन्द गरेकोले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताएका हुन् ।
‘आजै केपी ओलीले एउटा काम के गर्नुभयो भने प्रकाश ज्वाला कमरेडलाई पार्टीबाट निकाल्नुभयो, २०३ जनाको केन्द्रीय कमिटीबाट २६० जना बनाउनुभयो । माधव नेपाल, रामकुमारी झाँक्रीसहित १४ जनालाई पदमुक्त गर्नुभयो । पार्टीभित्र हामी गम्भीर अवस्थामा उभिएका छौँ ।’ नेपालले भने ।
उनले ओली सुध्रिए भने चुनावमा तालमेल गर्न सकिने बताए । ‘ओलीले गल्ती स्वीकार गरेर आए जहिले पनि एकताको ढोका खुला हुनेछ नभए चुनावमा तालमेल पनि हुन सक्छ, तर सच्चिएर आउनुपर्यो ।’ नेपालले भने ।
फेसबुक पेज Like गर्नुहोस