बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
खबर एक्सप्रेस
२०७८-०१-२३ ०१:१७ मा प्रकाशित
Total Shares: 574
काठमाडौं,उदयपुर - बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।
छ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-३ विराज टोल बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
किशोरले वैशाख १६ गते ललाई फकाई जबरजस्ती करणी गरेको पीडितको भनाई छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस