काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कसैलाई कोरोना पुष्टि नभएको जनाएको छ ।

शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पोखराबाट कोरोनाको पोजेटिभ रिपोर्ट नआएको प्रष्ट पारेका हुन् । ‘विभिन्न मिडियामा पोखरामा कोरोना पोजेटिभ रिपोर्ट आएको भन्ने खबर आएको छ तर अहिलेसम्म कुनै पनि केस पुष्टि भएको छैन’ प्रवक्ता देवकोटाले भने ।