काठमाडौं - वीरेन्द्रनगरमा एक महिलाको मृत्युपछि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको भेरी नगरपालिका १ की ३५ वर्षिया महिलामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।

वीरेन्द्रनगर ११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ती महिलामा असोज १३ गते साँझ ४ बजे ढोका बन्द भएको अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रहरीले शवलाई परिक्षणका लागि प्रदेश अस्पतालमा लगेको थियो । निजको स्वाब परिक्षण गर्दा असोज १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएको हो । नेपाली सेनाले शवको व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।