काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

आइतबार स्वाब परीक्षणका लागि दिइएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिए ।

तर, आफूलाई स्वास्थ्यमा खासै समस्या नरहेको र होम आईसोलेसनमा बसेको उनले बताए ।

उनले केही पछिल्ला दिनहरुमा आफूसँग सम्पर्कमा आएकाहरूलाई सुरक्षित रहन र आवश्यक सजगता अपनाउन पनि आग्रह गरेका छन्।