सशस्त्र प्रहरीका डीआईजी न्यौपाने अवकाशमा
काठमाडौं - सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक(डीआईजी) कुमार न्यौपानेले अवकाश पाएका छन्।
यससँगै सशस्त्र प्रहरीमा डीआईजीका रिक्त पदको संख्या ६ पुगेको छ । तर, तत्काल बढुवाको सम्भावना देखिएको छैन।
डीआईजी न्यौपानेले उमेरहदका कारण बिहीबारदेखि अवकाश पाएका हुन्। एक साताअघिसम्म उनी सुनसरी बाहिनीको प्रमुख थिए ।
सशस्त्र प्रहरीका तीन डीआईजीले डेढ महिनाअघि नै अवकाश पाएकोमा रिक्त स्थानमा बढुवा भएको छैन । कमल गिरी, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीले पुसको तेस्रो साता पाँच वर्षे पदावधिका कारण अवकाश पाएका थिए।
त्यस्तै, संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत तीन पद थप भएको थियो । इन्टेलिजेन्स ब्यूरो र कानुन निर्देशनालय र विपद् व्यवस्थापन निर्देशनमा डीआईजीको दरबन्दी थप भएको तीन महिना भइसकेको छ । जसअनुसार अब सशस्त्रमा डीआईजीका ६ पद रिक्त छन् ।
कानूनतर्फको पदमा एसएसपी युवराज अर्यालको बढुवा हुने निश्चित छ । तर, गृहमन्त्री ओमप्रकाश अर्यालको निकटस्थ भएको खुलेपछि उनको बढुवा रोकिएको छ। जति बढुवा रोक्यो त्यती जागिर अवधि लम्बिने भएकाले पनि योजनाबद्ध रुपमै बढुवा रोकिएको बताइन्छ ।
प्रशासनतर्फ ६ पदमा बढुवाका लागि १३ एसएसपीबिच प्रतिस्पर्धा छ । रिक्त रहने पदमा बढुवाका लागि एसएसपीहरू सशस्त्रमा एसएसपी बढुवाका दाबेदारहरुमा दिगविजय सुवेदी, किरण बस्नेत, राजेन्द्र खड्का कमल तिउसिना, सुधीरजंग थापा, माधव पौडेल, नरेन्द्र सेन, किरण ढुंगाना,शंकर खनाल , भूपेन्द्र केसी, निरकृष्ण अधिकारी लगायत छन्।
हाल निर्वाचन आचारसंहिताका कारण निर्वाचन आयोगबाट सहमति लिएर मात्र बढुवा गर्न पाइन्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस