एमाले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुषाल पनि ६ महिनाका लागि निलम्बन
खबर एक्सप्रेस
२०७७-१२-१९ ०१:३४ मा प्रकाशित
Total Shares: 360
काठमाडौं - नेकपा एमालेका उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि एमाले पार्टी सदस्यबाट निलम्बित भएका छन् ।
पार्टीले सोधेको स्पष्टीकरणमा नेताद्वय पाण्डे र भुषालले चित्तबुझ्दो जवाफ नदिएको भन्दै ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको हो ।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए ।
चैत ९ गते ओली पक्षले पार्टीको हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै उनीहलाई चित्तबुझ्दो स्पष्टीकरण माग गरेको थियो । तर, उनीहरु सबैले अध्यक्ष ओलीलाई प्रतिप्रश्न गर्दै स्पष्टीकरण बुझाएका थिए ।
फेसबुक पेज Like गर्नुहोस