काठमाडौं - काठमाडौंस्थित त्रिपुरेश्वरमा रोकिराखेको यात्रुवाहक बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन्।
सोमबार दिउँसो करिब साढे १२ बजे त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्यान्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको हो।
आगलागीबाट बस जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यात्रु नभएको अवस्थामा बसमा आगो लागेको थियो।
घटनाको कारण खुल्न बाँकी रहेको छ ।
आगलागीमा घाइते चालकलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।

.gif)


