लुम्बिनी सरकार जोगाउन एमाले सर्वोच्चमा
काठमाडौं - लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
एमालेका प्रदेशसभा सदस्य लीला गिरीले सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको प्रारम्भिक सुनुवाइको लागि भोलिलाई पेशी तोकिएको छ ।
विपक्षी गठबन्धनका सांसदहरुको माग अनुसार प्रदेश प्रमुखले साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस