काठमाडौं - सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनामा कारबाही किन नगर्ने भन्दै सोधेको छ।

सर्वोच्चले कोरोना संक्रमणको परीक्षण र उपचार नि:शुल्क गर्ने आफ्नो परमादेश कार्यान्वयन नगरेको कसुरमा स्वास्थ्यमन्त्री अदालतको अवहेलनामा कारण देखाउ आदेश जारी गरेको छ ।

कोरोना परीक्षण र उपचार निशुल्क गर्न गत असोज १५ गते दिएको सर्वोच्चको परमादेश कार्यान्वयन नगरेको भन्दै अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले दिएको अवहेलनाको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारलाई ७ दिनभित्र कारण पेश गर्न आदेश दिएको छ ।

सरकारले असोज १९ गते नै कोरोनाको उपचार गर्दा शुल्क लिने निर्णय गरेको थियो।