थप ८ जना संक्रमित अस्पतालबाट डिस्चार्ज
खबर एक्सप्रेस
२०७७-०२-०७ ०४:१० मा प्रकाशित
Total Shares: 358
विराटनगर - विराटनगरको कोरोना विशेष अस्पतालबाट थप ८ जना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका अस्पताल स्रोतले बताएको छ ।
गत वैशाख ५ र ९ गते उनीहरुमा कोरोना संक्रमण देखिएपछि विराटनगरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।
डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान , ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेको छन् ।
अस्पतालमा अहिले २८ जना उपचाररत रहेका छन् । नेपालमा अहिलेसम्म उपचारपछि निको हुनेको संख्या ४५ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस